१९९० सालको भूकम्पको सम्झना गर्दै भूगोल पार्कमा स्मृति सभा



काठमाडौं । १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा बिहीबार बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा गृहमन्त्री रामबहादुर थापा, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, महानगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा जनप्रतिनिधि र बिपद व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने बताए । उनले भने,‘प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नु पर्ने अवस्था छ । यो अबस्थाबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता हो ।’

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सकेसम्म आपत्को कसैले पर्नु नपरोस् भनेर सचेतना बढाउन तथा बिपत्ति आइपरिहाले क्षति कम गराउने महानगरले वडास्तरीय बिपद् क्षति व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरिएको जानकारी दिए ।

उनले भने,‘हामीले भवन निर्माण संहिताको कार्यान्वयनलाई कडाइ गरेका छौं । महानगरभित्र निर्माण हुने सरकारी वा निजी जुनसुकै प्रकारका भवन पनि नक्सा स्वीकृत नगराई निर्माण गर्न गराउन नपाउने व्यवस्थालाई कडाइ गरेका छौं । सरकारी भवन स्वीकृत गर्दा लागेको दस्तुर अनुदानका रुपमा फिर्ता गराउने गरेका छौं भने व्यवसायिक भए सरकारी भवनलाई पनि अन्य सरह घरजग्गा कर, सम्पत्ति कर र व्यवसाय कर लिने गरेका छौं ।’

भूगोल पार्कको स्मृति सभापछि गृहमन्त्री थापाले भृकुटीमण्डपमा आजैबाट शुरु भएको भूकम्प सुरक्षा प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले बिपद् क्षति व्यवस्थापनका अनुभव, सामाग्री तथा उपकरण प्रदर्शनमा राखेका छन् भने सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण संहिता सम्बन्धि जानकारीमुलक सामाग्रीको प्रदर्शन गरेको छ ।

प्रदर्शनीमा नेपाल प्रहरीले ग्याँसबाट लागेको आगो निभाउने बिधिहरु प्रदर्शन गरेको थियो । यसमा ग्याँसको पाइपमा लागेको आगो, सिलिण्डरको मुखमा सल्किएको आगो, मानिसको सरीरमा लागेको आगो नियन्त्रण गर्ने घरेलु उपाय देखाइको थियो भने फायर इस्टिङ्ग्वीसरको प्रयोग गरेर आगो निभाउने सीप देखाइएको थियो ।

१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पुर्याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ ।

त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २२ औं दिवस हो । यस बर्षको नारा “भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुरक्षा र समृद्धिको आधार ” रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले रङ्याएको क्यान्भास

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

  काठमाडौँ ।  दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

  गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ