अख्तियारद्वारा पूर्वसांसद वीपी यादवविरुद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडौं । पूर्वसांसद वीपी यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक ग्राभेल गर्ने भनी फर्जी उपभोक्ता समिति गठन गरी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बजेट ल्याई हिनामिना गरेको आरोपमा अख्तियारले उनीसहित सरकारी अधिकारी र केही राजनीतिकर्मी्विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालिन प्रमुख राजकुमार गोइत, नायब सुब्बा भागवत यादव, पूर्वसांसद यादव, राजपा केन्द्रीय सदस्य हरिनायण मण्डल वीरेन्द्रकुमार मडल, कृष्णकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सप्तरीको अग्निसाइर कृष्ण सरवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न कीर्ते उपभोक्ता समिति गठन गरी पूर्वाधार विकास कार्यालय सिरहासँग सम्झौता गरी २२५ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको भनाइ छ ।