कृषि विकास बैंक घोटालाः अख्तियारद्वारा आठजनाविरुद्ध मुद्धा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको न्यूरोडस्थित कृषि विकास बैंकको कर्मचारी दीपिका रेग्मीसहित आठजनाविरुद्ध सरकारी रकम दुरुपयोग गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले बैंकको नयाँ सडक शाखाकी ट्रेलर सहायक रेग्मीविरुद्ध चार करोड २४ लाख १३ हजार ६११ बराबरको हानि–नोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो । आयोगले बैंकका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुङ्गेलविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यसैगरी बैंकका ऋण शाखा प्रमुख गोपाल गिरीविरुद्ध दुई करोड ६१ लाख १९ हजार ४१५, तत्कालीन ऋण अधिकृत सलिल रेग्मीविरुद्ध एक करोड १० लाख ३३ हजार १९६, ऋण शाखाप्रमुख महेश्वर मरहट्ठाविरुद्ध ७६ लाख २१ हजार, तारानाथ पाण्डेविरुद्ध चार लाख, अवकाश प्राप्त सहायक रथी रमेशनाथ विष्टविरुद्ध चार करोड २४ लाख १३ हजार ६११, दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानेविरुद्ध दुई करोड ६७ लाख ७५ हजार ४३५ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको छ । उनीहरुले अनधिकृतरुपमा बैंकको रकम निकाली हानि–नोक्सानी पु¥याएर अनुचित लाभ प्राप्त गर्ने उद्देश्यले बैंकको रकम दुरुपयोग गरेको पाइएको छ ।

यस्तै घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उद्योग दर्ता गर्न सहजीकरण गरिदिन्छु भनी निजले सेवाग्राहीसँग ७० हजार घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगले बिगो असुलउपर र कैद सजायको माग गर्दै आज मुद्दा दायर गरेको हो ।

यस्तै महालक्ष्मी नगरपालिका ललितपुरका लेखाअधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सूचना तथा विज्ञापन प्रकाशन गरेको भुक्तानी गर्नुपर्ने बिलमा उनीहरुले  ३० हजार घुस मागेको आयोगले आरोप लगाएको छ ।

कारागार सुरक्षागार्ड कैलाली दरबन्दी भई महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोकबहादुर खड्कालाई घुस लिएको अभियोगमा आयोगले पक्राउ गरेको छ ।
खड्काले कार्यस्थलमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकलको कागजात मागी सवारीसाधन अनुमतिपत्रसमेत राखी कुनै पुर्जी नदिई रु दुई हजार घुस लिएको पाइएको छ । आयोगको टोलीले खड्कालाई कार्यालय नजीकैबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना