तत्कालीन जिल्ला वन अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर



काठमाडौं । मकवानपुरको सेतीदेवी वनका हरिया साल र अस्ना जातका रुख काटेर विक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन डीएफओसहित १३ जनाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन वन अधिकृत (डीएफओ) राजेन्द्र न्यौपाने, सहायक वन अधिकृतहरु रामवावु यादज, राजेन्द्रमान राज भण्डारी, विशाल भट्टराई, सोनालाल जयसवाल र नारायणबहादुर कार्कीवरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

तत्कालीन रेन्जर राजु लामा, फरेस्टर मोहनराज घिमिरे, वन रक्षक किरणकुमार क्षेत्री र धनलाल यादव तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेलाई पनि मुद्दा लगाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काकाले गरे चार वर्षीय भतिजको हत्या

धनुषा । धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ ।

डेंगु संक्रमण ७६ जिल्लामा फैलियो, ३६ जनाको मृत्यु

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा बुधबार चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।