आगामी शनिबार बौद्ध स्तुपा परिसरमा स्वास्थ्य शिविर आयोजना गरिने



काठमाडौं । बाल सचेतना केन्द्र नेपालको आयोजना तथा बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा आगामी शनिबार बौद्ध स्तुपा परिसरमा स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।

शिविरमा नेपाल भारत मैत्री हस्पिटलले भिडियो एक्सरे तथा ल्यावसहितको सेवा दिने आयोजकले बताएका छन् । शिविरका लागी आवश्यक तयारी पूरा भएको केन्द्रका अध्यक्ष बाबुराम फुयाँलले जानकारी दिए ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने मूल उद्देश्य राखेर भ्रमण वर्ष देशभर मनाईरहेका बेला आफूहरुले पनि भ्रमण वर्ष लक्षित शिविर संचालन गर्न लागेको अध्यक्ष फुयाँलले बताए ।

शिविरमा जनरल फिजिसियन, नसा तथा बाथ रोग, बाल रोग, नाक, कान घाँटी, स्त्री रोग, सुगर तथा प्रेसरलगायतका विविध रोगको परीक्षण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ब्रेक फेल भयो भन्ने सुनें, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु’

अञ्जली थापा, हेटौंडा । बाराको जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु

तमान गाउँमा जिवीतै छन् कटुवाल र मुखिया प्रथा

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त

करेन्ट लागेर धनुषामा दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

जनकपुरधाम । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको