सप्तरीमा एकैदिन फरार १७ अभियुक्त पक्राउ



राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा फरार १७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलार्ई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१० का ५९ वर्षीय खगेन्द्र यादव, खड्क नगरपालिका–४ का ५८ वर्षीय इसराइल मियाँ ,सोही नगरपालिका–६ का राजकुमार साह रहेका छन् ।

यसैगरी खड्क नगरपालिका –९ का मिश्रीलाल चौधरीको हकमा छोरा अरुणकुमार चौधरी र सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी, बोदे बर्साइन नगरपालिका–९ का ४७ वर्षीय चन्देश्वर साह तेली, खड्क नगरपालिका–६ का नजबुद मियाँ र सोही नगरपालिका–९ का महिनारायण चौधरीको हकमा भाइ दीपनारायण चौधरी रहेका छन् ।

राजगढ गाउँपालिका–२ का बलवीरकुमार यादव, बलान बिहुल गाउँपालिका–३ का ५४ वर्षीय जयराम साह, सुरुङ्गा नगरपालिका–९ का ४० वर्षीय नरसिहं चौधरी, खड्क नगरपालिका–९ का फागु मण्डल, बोदे बर्साइन नगरपालिका–९ का ५७ वर्षीय झौली मण्डल, सोही नगरपालिका–२ का ४७ वर्षीय महेन्द्र साह र ३८ वर्षीय रामसुन्दर यादव, खड्क नगरपालिका बद्री चौधरी र सङ्गीताकुमारी चौधरी पक्राउ परेका छन् । प्रहरीले फरार अभियुक्त पक्राउ गर्ने अभियान यहाँ सञ्चालन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, सुनसरीमा मात्रै १९ हजार सङ्क्रमित

झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको

सुन तस्करी प्रकरणको आजदेखि थुनछेक बहस

काठमाडौँ । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज पेस गरिने

कपिलवस्तु । कपिलवस्तुस्थित प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न

झुलाघाट नाका अर्को सूचना जारी नभएसम्मका लागि बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द