पर्यटन वर्षलाई सफल पार्न बौद्धनाथ क्षेत्र विकास समितिले सप्ताहव्यापी कार्यक्रम



काठमाडौं । सरकारले २० लाख पर्यटक भित्राउने उद्देश्यले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरेसँगै बौद्धनाथ क्षेत्र विकास समितिले सप्ताह व्यापी कार्यक्रम गरिरहेको छ ।

कला संस्कृतिमार्फत पर्यटन र पर्यटकलाई सम्बोधन गर्न साङ्गीतिक कार्यक्रमहरू गरिरहेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । गत बुधबारदेखि सुरु भएको कार्यक्रममा शुक्रबारबाट साङ्गीतिक कार्यक्रम शुरु भएको छ ।

आगामी बिहीबारसम्म चल्ने विभिन्न प्रकारका साङ्गीतिक प्रस्तुतिहरुले सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको समितिका अध्यक्ष चन्द्रमान लामाले बताए । उनले भ्रमण वर्ष सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताए ।

साङ्गीतिक कार्यक्रमको समापनपछि कलाकारहरूलाई बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष लामाले खादा तथा मायाको चिनोद्वारा सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको चराङ दरबार संरक्षणको पर्खाइमा

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको ऐतिहासिक महत्वको चराङ दरबार । ढुङ्गा र

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, हटाउन माग

सन्तोष गौतम, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा

काठमाडौं महानगरपालिकाद्वारा महाकाली नृत्य प्रदर्शन

काठमाडौं ।  यँयाः (इन्द्रजात्रा) का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको