आहा ! हेर्नुस् त हिउँले ढाकेको ‘स्वर्गको टुक्रा’ खप्तड
खप्तडमा यसवर्ष पुनःतेस्रोपटक बिहीबारदेखि लागातार भारी हिमपात भइरहेको छ । हिमपातका कारण खप्तडमा आवत जावत ठप्प छ । मौसममा सुधार आएपछि नेपाली सेनाले बाटो खोल्न थाल्नेछ ।
अहिले खप्तडमा माईनस ६ डिग्री तापक्रम हुने गरेको छ। सहर्ष लिङ्गमा रहेको नेपाल टेलिकमको टावरले भने अझै काम गरेको छैन । करिब ५/६ फिट अझै हिउँ रहेको खप्तडबाट गुरुगोरख गुल्मका उपसेनानी तीर्थबहादुर खत्रीले जानकारी दिए । शव्द तथा तस्बिर तीर्थबहादुर खत्री र दीपकबहादुर खड्का