‘अशक्त हुनुभन्दा अपेक्षा गर्नुले मानिसलाई अपाङ्ग बनाउँदो रहेछ’



उदयराज ढकाल ।

हृष्ठपुष्ट शरीर भएका र शिक्षित थुप्रै मानिसहरू बेकामे भएर बसेका छन् । आफू बेरोजगार हुनुमा राज्यले अवसर नदिएको भन्दै सरकारलाई सराप्दै दिन काट्नेहरूका भीडमा हामीले यस्तो एउटा मानिस भेट्यौं, जो शरीर र मानसिक रूपमा दुर्वल छन् । न त तिनीसँग शैक्षिक प्रमाणपत्र छ न त खानलाउन पुग्ने सम्पति  । यतिसम्मकी परिवारले वेवास्ता गरेकै कारण परिवार पनि छोडेर हिंडेका उनी आफ्नै पौरखको कमाई खान्छन् ।

सिन्धुलीको, सुनकोशी गाउँपालिकाका सुमन रम्तेल, ४६ वर्षका भए । उनको दाहिने हात शरीरको अनुपातमा केही सानो छ र थेरै हलचल गर्न बाहेक पूर्ण रूपमा चलाउन सक्दैनन् । अनि दाहिने खुट्टा पनि त्यस्तै कमजोर छ । बिस्तारै हिंड्दा शरीरसम्म थेग्छ । शारीरिक दुर्वलतामात्रै होइन पढ्न पनि पाएनछन् उनले । कारण थियो उनमा भएको मानसिक दुर्वलता । भन्छन् “छ वर्षको हुँदा रूखबाट लडेर शारीरिक र मानसिक रूपमा दुर्वल भएको हो । हाम्रो पालामा कहाँको अस्पताल हुनु र । पढेको बुझ्नै नसक्ने, स्मरण गर्नै नसक्ने, अनि पढ्नै छाडेँ । अहिले पनि रिस उठ्यो भने कि म मर्छु कि अर्को मार्छु के गर्नु चाहेर त यस्तो भएको होइन नि ।”

उनी काठमाडौंका विभिन्न स्थानमा मौसम अनुसारको व्यापार गर्छन् कहिले बदाम, कहिले पानी त कहिले रुमाललगायत । यसबाट दैनिक औषत चार/पाँच सय आम्दानी गर्छन् । भन्छन् एक्लो ज्यानलाई यति रकमले खानलाउन पुगेकै छ ।

उनले यसरी व्यापार गर्न थालेको चार पाँचवर्ष भएछ । तर आफ्नो खुट्टामा आफैं उभिएपछि भने जीवनमा निक्कै परिवर्तन आएको गर्वका साथ सुनाउँछन् । उनी भन्छन् “पहिला हेप्ने आफन्त र साथीभाइहरूको व्यवहारमा परिवर्तन आएको छ । अनिअहिले मेरो आत्मविश्वास बढेको छ ।” हिजो अरूबाट अपेक्षा गर्ने बानी थियो तर अहिले त्यस्तो नभएको उनी बताउँछन् । उनी भन्छन् “राज्यले हामी अपङ्गता भएकाहरूलाई उपेक्षा गरेको जस्तो लाग्थ्यो । शारीरिक र मानसिक रूपमा सक्षम विधुवालाई महिनाको दुई हजार, अनि अपाङ्गता भएकालाई दिने भत्तामा विभेद गरिएको चाहिं पक्कै हो भनेर मन पोल्थ्यो । मेरो शारीरिक दुर्वलताअनुसार ‘क’वर्गमा पर्नुपर्ने थियो तर मलाई ‘घ’ वर्गको परिचयपत्रको बनाइदिएर भत्ता पाउनबाट वञ्चित गरिदा निक्कै निरास भएँ ।” उनी थप्छन् “अहिले होस् खुलेको छ । अशक्त हुनु भन्दा अपेक्षा गर्नुले मानिसलाई अपाङ्ग बनाउँदो रहेछ ।”

जीवनको कुनै मोडमा सबै चिज गुमाई सकेजस्तो लागेको थियो रे उनलाई । तर आज उनमा यति आत्मविश्वास छ कि ४५ वर्ष काटिसक्दा पनि विवाह गरेर घरजम गर्ने इच्छा मात्रै पलाएको छैन, जीवनसाथीका रूपमा आफूले सोचेको जस्तै महिला पाउन सक्छु भन्ने विश्वास बढेको छ । तर उनमा भविष्यको चिन्त्ता चाहिं रहेछ । भन्छन् “बूढो भएर अशक्त भएपछि के खाएर बाँच्ने जस्तो लाग्छ । मेरो होस् बेलैमा खुलेको भएत बुढेसकालका लागि जोहो गर्ने गरी कमाउने थिएँ नि । मेरो जीवनको अनुभवको आधारमा भन्दैछु, म जस्तै शारीरिक दुर्वलता भएकाहरूले बेलैमा आफूले सकेको काम गर्नु निक्कै राम्रो हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट नेपाल फर्काइयो पाँच वटा ऐतिहासिक मूर्ति

काठमाडौं । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाललाई

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडौँ । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा

राजनीतिमा सुधार ल्याउने बालेनको सोच

जेपी गुप्ता । स्थानीय निर्वाचनमा महानगरपालिका तथा उपमहानगरपालिकामा मूलतः चार जना स्वतन्त्र उम्मेदवारको

अब चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने

सञ्चिता घिमिरे, काठमाडौँ । चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै