भारत लगेर युवतीलाई बलि दिने योजनामा सलग्न सात जना पक्राउ



काठमाडौं । मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पुर्याई सीमा पार गराई तान्त्रिक पूजा गरी बलि दिने योजनामा संलग्न सात जनालाई महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ गरेकालाई सार्वजनिक गरेको हो । प्रहरीले नवलपरासीका वर्ष २६ बर्षीय कृष्ण तामाङ, सप्तरीका उमेश शाह, दाङकी दिल कुमारी बुढामागर, सप्तरीका उमेश माझी, विराटनगरका दिलिप पोदार, धादिङ्गका प्रेमा तामाङ र सुनसरीका रञ्जित कुमार चौधरीलाई सार्वजनिक गरेको हो ।

अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा बृत्तचित्र छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक अशोक सिंहले मोटो रकम पाउने आशामा युवतीलाई विराटनगर हुँदै तान्त्रिक पूजाका लागि सीमा पार गराउने योजना अनुसार मोडलिङका लागि प्रस्ताव गरेको र युवतीले प्रस्ताव स्विकार गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

प्रहरीले मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहार मन्दिरका बाबा लगायत अन्य व्यक्तिले पैसा दिई सम्पर्क गरेको देखिएको, प्रेम, माया र कृष्णले ५ लाख रुपैयाँ पाउने आश्वासन पाएको अनुसन्धानबाट खुलेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको

१७ लाखरुपैयाँसहित विजेश्वरीबाट १६ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको बेला १६

आफ्नै साथीले गरे योजनाबद्ध रुपमा श्रेष्ठको हत्या

आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट

सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणमा लाग्‍न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले २०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा