ट्रकको ठक्करबाट थानकोटमा एक जनाको मृत्यु



काठमाडौं । ट्रकको ठक्करबाट काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्दै आएका ४१ वर्षीय अर्जुन बहादुर केसीको मृत्यु भएको छ । छोरालाई मोटरसाइकलको पछाडि राखेर कलंकीस्थित विद्यालय पुर्याउन हिँडेका अर्जुनलाई मंगलबार बिहान गुर्जुधारामा नम्बर नखुलेको ट्रकले किचेको हो ।

प्रदेश ३ ०२ ००९ प ७६२१ नम्बरको मोटरसाइकलमा बसेका उनका छोरा भने सकुशल रहेका प्रहरीले जानकारी दिएको छ । स्थानीय र मृतकका आफन्तले ठक्कर दिने सवारी साधन पता नलगाए सम्म शव उठाउने र गल्ती गर्ने चालकलाई कारबाहीको माग गरेका छन् ।

अहिले शव उठाएको र यातायात सूचारु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना गराएर ट्रकसहित फरार चालकलाई प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई