६ किलो कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलारुसका एबी२७१२०६० नम्बर राहदानी भएका २१ वर्षीय पाभेल भेसिलयु र राहदानी नम्बर केएच२४६४४२६ भएकी २१ वर्षीया एलिना एल्डोसाइनाला छन् ।

उनीहरुको साथमा रहेको सुटकेशहरु चेकजाँच गर्दा पाभेलको साथबाट तीन किलो र एलिनाको साथबाट तीन किलो गरी जम्मा ६ किलो कोकिन सहित नियन्त्रणमा लिइएको हो । उनीहरुले सुटकेशभित्र ज्याकेटमा फल्स बटन बनाएर कोकिन लुकाएका थिए ।

उनीहरुकै बयानका आधार लाजिम्पाटमा रहको होटल लास्ट गार्डेनको कोठा नम्बर ३०४ बाट २ जना वोलिभियाका नागरिकहरुलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बोलिभियाका रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज रहेका छन् । उनीहरुमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको उषा बालवाटिका होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएपछि विद्यालय परिसर तनावग्रस्त

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर अगाडि रहेको उषा बालबाटिका माविको होस्टेलमा विद्यार्थी

नेपालले पायो भारतको रियल टाइम मार्केटमा बिजुली बेच्ने अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि

सोह्र श्राद्ध सुरु

काठमाडौं ।  आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ। आजै प्रतिपदा

जिब्रो छेडेपछि पशुपतिनाथ मन्दिरको परिक्रमा(फोटोफिचर)

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–५ चोडे टोलका बालराम श्रेष्ठ येँया पुन्हिको दिन शुक्रबार