डा भक्तमान श्रेष्ठलाई बन्धक बनाउने गौतम योञ्जन जेल चलान



काठमाडौं । नेपाल प्रहरीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका योञ्जनलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिए ।

मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत हेटौँडाको विसं २०७० माघ १३ गतेको फैसलाअनुसार योञ्जनलाई नौ वर्ष कैद र ५० हजार जरिवाना ठहर भएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरेको उनले बताए ।

डा श्रेष्ठलाई बन्धक बनाई धादिङ, काठमाडौँ, नुवाकोटलगायत जिल्लामा राखिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका योञ्जनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार भारतीय नम्बरको गाडीको ठक्करबाट

कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजङ्ग शाही निर्वाचित

कर्णाली । नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित

वलीको हत्या अभियोगमा चार जनालाई जन्मकैदको सजाय

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ उरहरिका रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह

एक क्विन्टल गाँजासहित महोत्तरीमा तीनजना पक्राउ

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल