विद्यासुन्दरको साइकल यात्रा, फोटोमा हेर्नुस्



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरलाई साइकलमैत्री सहरका रुपमा विकास गर्न पूर्वाधारतर्फ काम गर्ने सडक विभागलगायत अड्डासँग निरन्तर छलफल चलिरहेकाले ठूला सडक महानगरको क्षेत्राधिकारमा नभएकाले इच्छा र श्रोत भएर पनि काम गर्न कठिन भएको बताएका छन् ।

२५ औं महानगर दिवसका अवसरमा शनिबार बिहान माइतीघर मण्डलादेखि तीनकुनेसम्मको रुटमा साइकल र्यालीको शुभारम्भ गर्दै मेयर शाक्यले एकीकृत र समन्वयात्मक बिकासका लागि महानगरले नेतृत्व गरिरहेको बताए ।

उनले भने,‘काठमाडौंलाई साइकल सिटी बनाउने मेरो चुनावी घोषणा पत्रमा पनि उल्लेख थियो । त्यसमा म प्रतिबद्ध छु । तर, ठूला सढक महानगरको जिम्मामा नभएकाले सोच कार्यान्वयन हुन सकिरहेको छैन । सोच कार्यान्वयन गर्ने वातावरण तयार भइरहेको छ । साइकल मार्गसँगै पैदल यात्रीलाई सहजतापूर्वक हिँड्ने बाटो बनाउने, सढक सुरक्षा र पार्किङ् व्यवस्थापनमा एकीकृत कार्यक्रम गर्ने हाम्रो लक्ष्य हो।’

महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले साइकल यात्रालाई व्यवस्थापन गर्न सके सहरी यातायात, वातावरण र सहरी स्वास्थ्य सुधारमा सघाउ पुग्ने कुरामा आफू बिश्वस्त रहेको बताइन् । साइकल यात्रीहरुको उत्साहलाई प्रबद्र्धन गरेर सहरलाई साइकल यात्रा गर्न सहज बनाउने प्रतिवद्धता जनाइन् ।

काठमाडौंलाई साइकलमैत्री बनाउन महानगरको सहरी योजना आयोगले — मातीघरदेखि तीनकुनेसम्म लेन व्यवस्थापन गर्ने, अन्य ठाउँमा साइकल मार्ग तयार पार्दा आवश्यक पर्ने इञ्जिनियरिङ् सम्बन्धि जानकारी पुस्तिका तयार पार्ने र एउटा साइकल लेनलाई अर्को लेनसम्म सञ्जाल गर्ने गरी ३ वटा कामलाई प्राथमिकतासाथ अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन्

गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीले दिए राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी

वसन्त यामको सगरमाथा आरोहणका लागि अनुमति दिन सुरु

काठमाडौं । यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण