यसरी मनाईयो योमरी पुन्ही



काठमाडौं । मंसिर पूर्णिमाका अवसरमा बिहीबार नेवार समुदायले योमरी पुन्ही मनाएका छन् । नेवारी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोटी) पकाएर खाने भएकाले यसलाई योमरी पुन्ही भनिएको हो ।

यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ । देशभरका नेपालभाषी योमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा आफूहरु पनि खान्छन् । तैपनि यो पुन्ही एकदिनमात्र मनाइँदैन ।

योमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँलाई घर बोलाएर योमरी सहितको भोज खुवाउने चलन छ । त्यसैले यो पर्व नेपालभाषी समुदायमा अत्यन्त महत्वपूर्ण मानिन्छ ।

नेपाल भाषमा ‘यो’ भन्नाले मनपर्ने र ‘मरी’ भन्नाले रोटी भन्ने बुझिन्छ । यसरी सबैलाई मनपर्ने भएकोले यसलाई योमरी भनिएको हो । आज काठमाण्डौ सहित ललितपुर भक्तपुर र नेवार समुदायको बसोबार भएको सबै क्षेत्रमा यो पर्व मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको

पन्ध्र मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने

काठमाडौं । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक

नवलपुर । मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको