धोका दिएको भन्दै प्रेमिकाले काटिन् प्रेमीको लिंग



काठमाडौं । एकजना युवतीले धोका दिएको भन्दै अन्तिम पटक भेट्न बोलाएर प्रेमीको लिङ्ग नै काटिदिएकी छन्। ती प्रेमिकाले प्रेमीलाई आफ्नै कोठामा बोलाएर लिङ्ग काटिदिएकी हुन्।

काठमाडौं महानगरपालिका–६ महाँकालमा बस्दै आएकी ती १९ वर्षीया प्रेमिकाले मकवानपुरको हेटौँडा घर भइ बौद्ध बस्ने २१ वर्षीय राजीव सुनुवारको लिङ्ग काटिदिएकी हुन्। सुनुवारको लिङ्ग काटिएपछि चाबहिलस्थित ओम अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी रमेशबहादुर सिहंका अनुसार दुवैजना हायात होटलमा काम गर्ने कर्मचारी हुन्।

प्रेम सम्बन्धमा रहेका उनीहरुको धर्म फरक हुँदा बिहेमा परिवार बाधक बनेको थियो। त्यसपछि प्रेमीले अलग हुन प्रस्ताव प्रेमिकासँग गरेको खुलेको सिंहले बताए। एक सातादेखि बोल्न छाडेका उनीहरुबीच सोमबार भेट भएको थियो।

प्रेमिकाले राजिवलाई अन्तिमपल्ट भेट्न कोठामा बोलाएर चक्कुले लिङ्ग काटिदिएकी हुन्। प्रेमीको लिङ्ग काटिदिएपछि प्रहरीले युवतीलाई हिरासतमा लिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

स्याउलेमा ‘एक घर एक धारा’

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न

चितवनका ३३ स्थानमा आगलागीका घटना, ६ जना घाइते

चितवन । चितवन जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा ६ जना घाइते भएका छन्

सात दिनभित्र नदी किनारका अनधिकृत बस्ती हटाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका