फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधि आवश्यक



काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्ने बताएका छन् । फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले यस्तो बताएका हुन् ।

प्रविधिसँग जोडिन नसकेका कारण अहिलेको अवस्था आएको भन्दै उनले प्रविधि भित्राउँदा कसैलाई घाटा नहुने बताए । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले फोहोर सिसडोल पुर्याउनु भन्दा पहिले नै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने बताए ।

देशमा हरेक वर्ष रासायनिक मल आयातमा ठूलो रकम बाहिर गएको उल्लेख गर्दै उनले कुहिने फोहोरलाई मल बनाउएर प्रयोग गर्न सकिने बताए ।

फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनका संयोजक गणेश साहले शहरको विकास भइरहेकै गतिमा फोहोर पनि बढिरहेको बताए । उनले देश संघीय संरचनामा गएपछि फोहोर व्यवस्थान कसको जिम्मा हुने भन्ने नै स्पष्ट नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी पीडितहरुले थाले धर्ना, रिले अनशन र प्रदर्शन, बचत फिर्ताको माग

काठमाडौँ । सहकारी पीडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् । आफूहरुको बचत फिर्ता

महिनौदेखि धित मरुञ्जेल पानी पिउने नपाएका अँधेरीगाउँका बासिन्दा

सिरहा । सिरहाको मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर-पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ ।

बुकीमै बसेर यार्सागुम्बाको खोजी

म्याग्दी (बेनी) । जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

बलेवा (बागलुङ) । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध