दशौं वार्षिकोत्सवमा ५० हजार राशीको अपांग उद्यमशीलता अवार्ड



दृष्टिबिहिनद्धारा सञ्चालित सिइङ्ग हयाण्ड्स नेपालले दशौं वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा उद्यमीहरुलाई अवार्ड प्रदान गरेको छ । राजधानीको ठमेलमा शनिबार आयोजित विशेष कार्यक्रमकाबीच सिइङ्ग हयाण्ड्सले विभिन्न अवार्ड प्रदान गरेको हो । दृष्टिबिहिनद्धारा सञ्चालित मसाज क्लिनिक सिइङ्ग हयाण्ड्सले करिब एक सय पचास जनालाई रोजगारी प्रदान गर्दै आएको डाँफे अगरबत्ति उद्योगका उमेश थापालाई पचास हजार रुपैंयाँ नगदसहित अपांग उद्यमशीलता अवार्ड प्रदान ग¥यो ।

अपांगता भएका व्यक्तिहरुलाई उद्यमशीलतामा लाग्न प्रेरित होस् भन्ने उद्देश्यले अवार्ड प्रदान गरिएको र यसलाई निरन्तरता दिइने सिइङ्ग हयाण्ड्सका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी पौडेलले बताउनुभयो । यसैगरी दशौं वार्षिकोत्सवका अवसरमा नेपाल अपांग महिला संघलाई अपांगता रोजगार प्रबद्र्धन अवार्ड, नाङलो द बेकरी क्याफेलाई समावेशी रोजगार प्रबद्र्धन अवार्ड र लेखक तथा पत्रकार रोहित भण्डारीलाई प्रेरणादायी लेखन अवार्ड प्रदान गरियो । वार्षिकोत्सवका अवसरमा सिइङ्ग हयाण्ड्सले अवार्डका अतिरिक्त बाग्लुङको जनताधन मावि बाग्लुङ ११, बलेवालाई एक वर्षका लागि ब्रेल पेपर सेमत प्रदान ग¥यो । कार्यक्रममा प्रमुख अतिथी नाटाका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाइँले दृष्टीबिहिनद्धारा सञ्चालित मसाज क्लिनिकले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

 

आफूहरुजस्ता साङ्ग उद्यमीहरुका लागि सिइङ्ग हयाण्ड्सका गतिविधीले प्रेरणा दिएकोे उहाँको भनाई थियो । । जाइका नेपालका वरिष्ठ उप निर्देशक कोजो नागामीले आफू सिइङ्ग हयाण्ड्सको सेवाबाट अत्यन्तै प्रभावित भएको बताउँदै सिइङ्ग हयाण्ड्सको शाखा जापानमा पनि खुलेको हेर्ने चाहना रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालकी महिला उपाध्यक्ष रमा ढकालले अपांगता भएकाहरुलाई उद्यम गर्न सजिलो नरहेपनि सिइङ्ग हयाण्ड्सका सञ्चालक चिरञ्जीवी पौडेलको आँट र साहसले धेरैलाई पाठ सिकाएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सिइङ्ग हयाण्ड्सका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी पौडेलले आगामी दिनमा सिइङ्ग हयाण्ड्सको सेवालाई अझ विस्तार गरिने जानकारी दिनुभयो । हाल काठमाडौंको ठमेल, बौद्ध र ललितपुरको कुपण्डोलमा सञ्चालित मसाज क्लिनिक सिइङ्ग हयाण्ड्समा करिब डेढ दर्जन बढी दृष्टिबिहिन तथा अन्यले रोजगारी पाइरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै एक करोड भन्दाबढी ठगी गरेको आरोपमा युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला

कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार

इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फाेटाेफिचर)

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको

पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना