३८ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारी पक्राउ



काठमाडौं । अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका ५८ वर्षीया गोबद्र्धनप्रसाद सरावगी र अर्घाखाँचीका २३ वर्षीय कृष्णप्रसाद भट्टराई छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनीहरुलाई ३८ लाख १२ हजार रुपैयाँसहित न्युरोटबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार भट्टराईलाई अन्जनी ओभरसिजका सञ्चालक सरावगीले हुण्डी गर्न अवैध रकम ३० लाख दिएका थिए । थप ८ लाख १२ हजार नगदसहित अन्य विभिन्न व्यक्तिको नाममा काटिएको चेक पनि उनको साथबाट बरामद भएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्मचारीको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

काठमाडौं । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ

२० वटा संस्था खारेज गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २०

यो राजाको शासन होइन, गणतन्त्र हो, यहाँ कानून चल्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सत्ताका लागि सबै थोक गर्छ

भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको