सीमा अतिक्रमणको विरोधमा मसालले बुधबारदेखि देशव्यापी विरोधसभा गर्ने



नेपाल कम्युनिस्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य
भारतले आफ्नो नयाँ प्रकाशित नक्शामा कालापानी, लिम्पियाधुरा, लिपुलेकसम्मलाई आफ्नो भूमिमा देखाएको विरोधमा देशव्यापी रूपमा विरोध कार्यक्रमहरू भइरहेका छन् । त्यस प्रकारका कार्यक्रमहरूलाई स्वागत गर्दै तिनीहरूसँग हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्दछ ।
सुुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चाले भारतीय साम्राज्यवादको उक्त कदमका विरुद्ध पूरै प्रदेशमा एकहप्ताको ‘कालापानी मार्च’ अन्तर्गत बिभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । उक्त कार्यक्रमहरूलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गर्दछ ।

देशका बिभिन्न भागहरूमा राष्ट्रिय जनमोर्चा र अन्य बिभिन्न जनवर्गीय सङ्गठनहरूले गरिरहेका विरोधका कार्यक्रमहरूलाई पनि हाम्रो पार्टीले स्वागत गर्दछ र तिनीहरूसित ऐक्यवद्धता प्रकट गर्दछ ।

त्यो सिलसिलालाई अगाडि बढाउँदै हाम्रो पार्टीले यही मंसीर ११ गतेदेखि देशव्यापी रूपमा मोटरसाइकल र्‍याली, विरोधसभा, कोणसभा, जुलुश आदि जे सम्भव छ, त्यस प्रकारका कार्यक्रमहरूको आयोजना गर्न पार्टीका बिभिन्न मोर्चा, जनवर्गीय सङ्गठनहरू आदिसित अनुरोध गर्दछ ।
२०७६ मंसिर १० गते
मोहनविक्रम सिंह
महामन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घट्यो अन्नपूर्ण क्षेत्रका पदमार्गमा पर्यटकको आकर्षण

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन

ट्याक्टर दुर्घटनामा कैलालीमा दुई जनाको मृत्यु

धनगढी । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गएराति से१च ८८७० नम्बरको ट्याक्टर