प्रहरीलाई पचास हजार घुस दिन खोज्ने गेष्टहाउस संचालक पक्राउ



काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई ५० हजार रुपैयाँ घुस दिन खोज्ने होटल सञ्चालक ४० वर्षीया सोममाया राईलाई मङ्गलबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीलाई घुस दिन खोजेपछि राईलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी राईलाई आवश्यक कानूनी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको वृत्तले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन्

गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीले दिए राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी

वसन्त यामको सगरमाथा आरोहणका लागि अनुमति दिन सुरु

काठमाडौं । यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण