शौचालय दिवसमा प्रभातफेरि



काठमाडौं । नेपालमा पनि ‘सातौं विश्व शांैचालय दिवस’ मनाइएको छ । यसै अवसर पारेर काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान प्रभातफेरिसहितको कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा नागरिक समाजका अगुवाहरुले सबै नागरिकलाई शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । मुलुकलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सबै नागरिकका लागि प्रयोगमा आउने गरी सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न माग गरेका हुन् ।

पूर्वमन्त्री गणेश साहले महिला, अपांगलगायतका सबै नागरिकका लागि आवश्यक सार्वजनिक शौचालयको व्यवस्था गर्न सरकारसँग माग गरे ।प्रभातफेरीमा सहभागी भएकाहरुले शौंचालयको सफाईमा जोड दिन आह्वान गरिएको प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

सरकारले गत असोज १३ गते मुलुकलाई खुला दिसामुक्त घोषणा गरेपनि त्यसका लागि आवश्यक सार्वजनिक शौंचालयको व्यवस्था भने गर्न सकेको छैन । नेपालमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौंचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुले समस्या झेल्नु परेको छ ।

विश्वमा सन् २००१ देखि चलेको शौंचालय निर्माणको अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि नोभेम्बर १९ अर्थात् आजको दिनलाई विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली भूटानी शरणार्थी प्रकरण : थप चार जनाको बयान लिइयो

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी

प्रधानमन्त्री र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका

सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी