नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा



काठमाडौं । बहुविवाहको मुद्दामा अदालत उपस्थित भएकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् । शुक्रवार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी शिल्पाको बयान लिई थुनछेक बहस गरी शुक्रवार नै साधारण तारेखमा छाड्ने आदेश भएको हो ।

चलचित्र निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी हालेकी थिइन् । सोही मुद्दामा शिल्पालाई पक्राउ गर्न जिल्ला अदालतले आदेश दिएको थियो ।

त्यसविरुद्ध शिल्पाले सर्वोच्च अदालतमा दायर गरेको निषेधाज्ञासम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले खारेज गरिदिएपछि शिल्पालाई पक्राउ गर्न बाटो खुलेको थियो । त्यसपछि पक्राउ पर्ने सक्ने डरका कारण शिल्पा आफैं अदालतमा उपस्थित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ बुँदे माग राख्दै डा. केसीले लेखे प्रधानमन्त्रीलाई खबरदारी पत्र

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश

इजरायलमा तत्काल १ हजार नेपाली कामदारको माग, आवेदकका लागि यस्तो छ मापदण्ड

काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् ।

राष्ट्रिय राजमार्गहरु निर्माण र मर्मतका लागि संकटकाल लगाऔं !

रञ्जनकुमार दाहाल । पुर्वपश्चिम राजमार्गका धेरै खण्डहरु, पृथ्वी राजमार्ग, काठमाडौं उपत्यकाका सडकहरु र

अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार

म्याग्दी । म्याग्दी अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा