छुटेनन् २५ जुवाडे, अझै केही दिन हिरासतकै बास हुने



काठमाडौं । दुई करोड ६७ लाख रुपैयाँसहित महाराजगञ्जबाट आइतवार राति पक्राउ परेका २५ जना जुवाडे अझै प्रहरीको हिरासतमै रहने भएका छन् । पक्राउ परेका २५ मध्ये ६ जनाले आइतवार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएपनि तिहारभरि उनीहरुले हिरासतमै बिताउनु पर्ने भएको हो ।

बले भनिने बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ति लामाकातर्फबाट आइतवार बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएपछि उनीहरु सोमबार छुट्ने अनुमान गरिएको थियो ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार तिहार बिदामा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको थियो। आइतवार रिट परेपछि सर्वोच्च अदालतले उनीहरुलाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जका नाममा आदेश जारी गरेको थियो।

त्यसपछि २४ घण्टा भित्रै ती ६ जनालाई प्रहरीले सोमबार कार्यालय समयमै उपस्थित गराएको थियो । तर, सर्वोच्चले ११ देखि ३ बजेसम्म मात्रै कारवाही चलाउने भन्दै उनीहरुलाई फर्काइदिएको थियो ।

अब सर्वोच्चले भाइटीकाको भोलिपल्ट ११ बजे हाजिर गराउन भनेकाले हामी त्यही अनुसार प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ । प्रहरीले आइतबार राति बलराम सापकोटासहित प्रदीप बोगटी, सोभित सिलवाल, रामकृष्ण केसी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, कृष्ण भण्डारी, सुमन अग्रवाल, सुमन गुरुङ, सोदेल कार्की, पवित्रकुमार कार्की, पवन अग्रवाल, नवाङ लामा, भक्त तामाङ, मुक्ति लामा, हलामप्रसाद पराजुली, प्रेम थापामगर, शम्भु बुढाथोकी, बुद्ध लामा, थम्कु शेर्पा र अशोक श्रेष्ठलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको उषा बालवाटिका होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएपछि विद्यालय परिसर तनावग्रस्त

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर अगाडि रहेको उषा बालबाटिका माविको होस्टेलमा विद्यार्थी

जिब्रो छेडेपछि पशुपतिनाथ मन्दिरको परिक्रमा(फोटोफिचर)

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–५ चोडे टोलका बालराम श्रेष्ठ येँया पुन्हिको दिन शुक्रबार

डेढ लाख घुससहित मालपोतका नासु र खरिदार पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल

अभिभावकविहीन बालबालिकाका लागि बालगृह

ढोरपाटन । तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको