इन्जिनीयर र डोजर चालक एक लाख २० हजार घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ ।

शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनीयर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा पौडेल र रकम लिन मतियारका रुपमा प्रयोग गरिएका डोजर चालक बस्नेतलाई सेवाग्राहीबाट लिएको एक लाख बीस हजार रुपैयाँसहित पक्राउ गरिएको आयोगको केन्द्रीय कार्यालयले जनाएको छ । आयोगले दुवै अभियुक्तलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने

बोलोचौक बिकास समितिद्वारा आयोजित महिला दिवसको कार्यक्रम सम्पन्न

झापा । बोलोचौक बिकास समितिले अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदान प्रदान

‘अब १२ महिना आँप फलाउ भनेर परमादेश जारी भयो भने के १२ महिनानै आँप फल्छ त ?’

काठमाडौं । राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतले मागेको भन्दा

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेश दुईका १५ सय छात्रालाई साइकल वितरण(फोटोफिचर)

जनकपुरधाम । १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश सरकारले बेटी पढाउ बेटी