सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थपिने



काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ । सामाजिक सुरक्षा कोषले काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कोषमा सूचिकृत हुनका लागि एक महिनाको समय थप गर्ने जानकारी गराएको हो ।

ठूलो संख्यामा सूचिकरण हुन बाँकी रहेकाले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनका लागि थप एक महिना थप गर्ने निर्णय गरिएको कोषका प्रमुख कपिल ज्ञवालीले जानकारी दिए । सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठानहरुलाई सो कोषमा आवद्ध हुने मौका दिएको थियो ।

हालसम्म कोषमा ८ हजार ८१८ जना रोजगारदाताहरु सूचिकृत भएका छन भने सो कोषमा योगदान गर्नेहरुको संख्या १ लाख ९६८ पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकहरुको जीवन स्तरलाई माथि उठाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने निष्कर्षका साथ सरकारले सो कोषको कामलाई अघि बढाएकाले त्यसमा साथ दिन सबैलाई आग्रह गरे ।

उनले सामाजिक सुरक्षा कोष श्रमिकको हितमा रहेकाले यसबाट सरकार कुनै पनि हालत पछि हटन नसक्ने पनि स्पष्ट पारे । सरकारले गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा

स्वतन्त्र प्रदेशसभा सदस्य पुन माओवादी केन्द्रमा प्रवेश

बुटवल । लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र)

रानी–जमरा–कुलरिया सिँचाइको काममा ठेकेदारको लापरबाही, १० वर्षमा १८ प्रतिशत काम

भजनी । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत । दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना तीन जनाको  घटनास्थलमै मृत्यु भएको