आर्यघाटमा शव जलाउनेहरुको सेवासुविधा बढाउन पशुपति क्षेत्र विकास कोष सहमत, एउटा शव जलाएबापत १५ सय रुपैयाँ पाउने



काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै शव जलाउनेलगायतका काम ठप्प पारेपछि पशुपति क्षेत्र विकास कोषले सेवा सुविधा बढाउन सहमत भएको छ ।

सहमति अनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अव एउटा शव जलाएवापत १५ सय रुपैयाँ पाउनेछन भन्ने अन्य सेवासुविधा समेत बढाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै बुधबार बिहान शव जलाउनेलगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो ।

घाट सेवा केन्द्रका कर्मचारीहरुसँग उनीहरुको सेवा सुविधा वृद्धि गर्ने विषयमा सहमति गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेशकुमार डंगोलको उपस्थितिमा गरिएको सहमतिमा घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान लागिएको कोषले जनाएको छ ।

सहमति अनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अव एउटा शव जलाएवापत १२ सय रुपैयाँबाट १५ सय रुपैयाँ पाउनेछन भने औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार पुर्याइएको छ ।

त्यसैगरी अवकाश पाउँदा उपदानवापत डेढ लाख पाउनेमा पाँच लाख पुर्याइएको छ । १० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशवापत ५० हजार दिँदै आएकोमा अव १ लाख ५० हजार पाउनेछन ।

सदस्य सचिव ढकालले १० वर्षदेखि १५ वर्षसम्म काम गर्दै आएको घाट सेवाका कर्मचारीलाई १ लाख अवकाश पछि पाउने उपदान बढाएर ३ लाख दिने सहमति गरिएको बताए । त्यसैगरी १५ वर्ष भन्दा बढी सेवा गरेका घाट सेवाका कर्मचारीले पाउने उपादान वापतको रकम १ लाख ५० हजारबाट बढाएर ५ लाख पुर्याउने सहमति गरिएको छ ।

यसैबीच, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डंगोलले १५ वर्षभन्दा बढि काम गरेका घाट सेवाका कर्मचारीहरुलाई ५ लाख उपदान दिने सहमतिप्रति असन्तुष्टि जनाउँदै कम्तिमा १० लाख पु¥याउन आफूले पहल गर्ने प्रतिवद्धता गरे ।

यता, घाट सेवाका कर्मचारीहरुले पनि १५ वर्ष सेवा पूरा गरेका आफूहरुलाई पाँच लाख मात्रै उपादान दिने सहमति गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

यसैबीच, पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्ने योजना अघि सारेको छ । शव दोहन गर्ने कार्यमा अवरोध आउन नदिन विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्न एउटा शव दोहन गर्ने मेसिन थप गर्न लागिएको कोषका सदस्य सचिव ढकालले बताए ।

हाल पशुपतिको विद्युतीय शवदाह गृहमा शव दोहनका लागि २ वटा मेसिन राखिएको छ । त्यसलाई थप गरेर तीन वटा बनाउने कोषको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली सेनाले थाल्यो ‘नेतृत्व सम्वाद’ : पद्धति र प्रणालीमा आधारित सक्षम सङ्गठन बनाउने उद्देश्य

काठमाडौं । नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित सक्षम सङ्गठनका रुपमा स्थापित गर्दै

डलर देखाएर रकम लुट्ने गिरोहका पाँच जना पक्राउ

भक्तपुर । सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगी गर्दै हिँडेको अभियोगमा प्रहरीले डलर,

नाष्टद्वारा युवा वैज्ञानिक फोरमको स्थापना

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले विज्ञान प्रविधिको विकास गर्ने

डा. केसीका पक्षमा माइतीघरमा प्रदर्शन(फोटोफिचर)

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको पक्षमा