लायन निमा छोकी शेर्पाले आमादब्लम हिमाल आरोहण गर्ने



काठमाडौं । लायन्स क्लब अफ नेपाल सेभ हिमालयका चार्टर सदस्य तथा शेर्पा पर्यटन व्यवसायी संघ नेपालको साधारण सदस्य निमा छोकी शेर्पाले आमादब्लम हिमालको आरोहण गर्ने भएकी छन् ।

दोलखा जिल्ला गौरीशंकर २ की शेर्पाले अटम सिजनमा ६८१२ मिटर उचाईमा रहेको आमादब्लम हिमाल आरोहण गर्ने भएकी छन् । उनले २०१८ को स्प्रिङ सिजनमा ‘बुद्ध नेपालमा जन्मिएको हो’ भन्ने नारासहित सगरमाथा शिखर चुमेकी हुन् ।

शेर्पाले लायन्स क्लब अफ नेपाल शेभ हिमालय र शेर्पा पर्यटन व्यवसायी संघ नेपालको व्यनर पनि आमादब्लम हिमालको चुचुरोमा लगेर जाने छिन् ।

सोमबार लायन्स क्लब अफ नेपाल सेभ हिमालय संघ नेपालको उपाध्यक्ष ङावा ङिमा शेर्पा, शेर्पा पर्यटन व्यवसायी संघ नेपालका महासचिव आङ पेम्बा शेर्पा र शेर्पा पर्यटन व्यवसायी संघ नेपालको सदस्य देण्डी शेर्पाले व्यानर हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत, काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन

क्याफेमा ‘कृषि हाटबजार’

काठमाडौं । क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास । मःम, बर्गर, पिज्जा,

पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

चितवन। चितवनको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण