काठमाडौं उपत्यकामा दशैँको समयमा १० जनाको मृत्यु



काठमाडौं । काठमाडौँ उपत्यकाभित्र यस वर्षको दशैँमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३ सय ५० सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका हुन् । यस्तै १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका छन् ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको जानकारी दिए । गत वर्षको दशैँको समयमा २८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए भने आठ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए ।

महाशाखाले यस वर्षको दशैँको समयमा ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ९११ सवारी साधनलाई कारवाही गरेको छ । गत वर्षको दशैँमा पाँच हजार सवारी साधनलाई नियम उल्लङ्घन गरिएको भन्दै कारवाही गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशका ७३ जिल्लामा निषेधाज्ञा जारी, संक्रमितको सङ्ख्या भने ५१ प्रतिशतले वृद्धि

काठमाडौं । मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी

पूर्वराजा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कारोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज

बिहीबारदेखि उपत्यकामा अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका

ट्राफिक प्रहरीद्वारा यात्रुसँग बढी भाडा लिने थप दुई जना पक्राउ

काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी