सरकारले चाडपर्वलाई लक्षित गरी खसी/बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा



सरकारले दसैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी/बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेका छन ।

सरकारले दसैंका लागि प्रतिकेजी ५५० रुपैयाँ खसी/बोकाको मूल्य तोकि दिएपछि काठमाडौं आएका व्यापारीहरु लाखौंको घाटा व्यहोर्न बाध्य भएका हुन ।

फूलपातीको दिन काठमाडौंको भृकटीमण्डवमा भेटिएका व्यापारीहरुले सरकारले आफूखुसी मूल्य तोकिदिँदा आफूहरुले लाखौंको घाटा व्यहोर्नु परेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

व्यापारीहरु फूलपातीको दिन भएको खसी व्यापारबाट निराश छन । दसैंका लागि खसी÷बोका भारतबाट आयात नगर्ने सरकारले बताएपनि त्यसमा प्रतिबन्ध लगाउन नसकेकोमा व्यापारीहरुको आपत्ति छ ।

दसैंमा खसी÷बोकाको व्यापारमा घाटा खाएका व्यापारीहरुले सरकारले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ बढाएर १०० रुपैयाँ बनाउने तर मासुको मूल्य भने गत वर्षको जत्तिनै राखेकोमा असन्तुष्टि व्यक्त गरे ।

केही नाफा हुने आसमा खसी÷बोका लिएर काठमाडौं आएका व्यापारीहरु निराश भएर फर्कने तयारीमा रहेका छन । अष्टमीको दिन केही आशातित व्यापार हुने उनीहरुको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मस्र्याङ्दी नदीमा यसरी गरियो उद्वार अभ्यास

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा शनिबार बेँसीशहर नगरपालिका वडा नं १ र २

बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै

बाँके । गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१

टोखाको चाकुको ब्राण्डिङ गरिने

काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले दुई अर्ब ११ करोड ५६ लाख सात हजारको

चोरी भएर अमेरिका पुगेको प्राचीन मूर्ति फिर्ता

काठामाडौं । नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता