मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न चिकित्सक संघको माग



काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ ।

चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजहरुविरुद्ध आन्दोलन भईरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका हुन् ।

उनले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार चिकित्सा क्षेत्रको सुधारमा सरकार लागि नपरेको आरोप पनि लगाए ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष श्रेष्ठले चिकित्सा शिक्षा आयोगको बैठक समेत सरकारले नबोलाएका कारण यस क्षेत्रको समस्या समाधानका लागि आवश्यक निर्णय लिन कठिनाई भईरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन्

चितवन राष्ट्रिय निकुञ्जभित्रको सफारीका लागि नयाँ मार्ग

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरबाट बिहीबार नयाँ मार्गको सुरुवात

रानीपोखरी सर्वसाधारणका लागि खुला

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका