प्रसूति गृहमा कुरुवाघर सञ्चालन



काठमाडौँ । प्रजनन् सेवा र शिक्षाको केन्द्रीय अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले बिरामीका आफन्त बस्न कुरुवाघर सञ्चालनमा ल्याएको छ ।

अस्पतालले आफ्नो स्थापनाको ६० वर्षपछि सञ्चालनमा ल्याएको व्यवस्थित कुरुवाघरमा पुरुष बस्न सक्नेछन् । कुरुवाघरमा महिलाका लागि ३५ र पुरुषका लागि ३५ गरी ७० श्यया छुट्याइएको छ ।

अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमका अनुसार १० करोडको लागतमा कुरुवाघरको निर्माण सम्पन्न भएको हो । कुरुवाघरमा बिरामीका आफन्तले निःशुल्क रुपमा उपभोग गर्न पाउनेछन् ।

विसं २०१६ भदौ ६ गते ४० श्ययाबाट अस्पतालको सेवा शुरु भएको र हाल विस्तार भई ४८९ पुगेको छ । अस्पतालका कार्यकारी निर्देशक गौतमले अस्पतालमा दैनिक ६६ महिला सुत्केरी हुने र तीमध्ये २१ जनाको शल्यक्रियाबाट हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप ९१२७ जनामा कोरोना संक्रमण, ४००७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९१२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पतालको रुपमा संचालन

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ

टीकापुर अस्पतालमा पाँच जनाको मृत्यु

टीकापुर । कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा सोमबार थप पाँच जनाको ज्यान गएको

वेपत्ता युवकको १२ दिनपछि ओढारमा शव फेला

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा शव