कांग्रेसको विरोधकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित



विराटनगर । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ ।

प्रदेश नं.१ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भनि सदनमा प्रस्ताव पेश गरेका थिए ।

विधेयकको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सदस्यहरुले कडा विरोध गर्दै नारा लगाएर रोष्टम घेराउ गरे पनि मन्त्री घिमिरेले प्रस्ताव पेश गरेका थिए ।

विधेयक पारित भएपछि प्रदेशमा चाहिने जनशक्ति उत्पादन गर्न मद्दत पुग्ने, विश्वविद्यालयबाट आधारभूत, माध्यमिक र उच्चतहका जनशक्ति उत्पादन गरेर स्वरोजगार बनाउने तथा राष्ट्रलाई चाहिने जनशक्ति पूर्ति गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

विधेयक सदनमा प्रवेश गरेदेखि नै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले विरोध गर्दै आएको थियो । विधेयकलाई समृद्ध बनाउन विज्ञ, प्रदेश सदस्य, मन्त्री, कानूनविद्हरुसँग छलफल, सुझाव र परामर्श गरी विषयगत समितिमा लगिएको थियो ।

सामाजिक विकास समितिका सभापति सरिता थापाले विधेयकलाई बलियो, राम्रो र समृद्ध बनाउन हरेक किसिमको प्रयास गरिएको र राम्रा सुझावलाई ग्रहण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ मन्दिरमा प्लास्टिकजन्य सामग्री लैजान निषेध

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र

आगामी वैशाखमा काठमाडौंमा ओशो महोत्सव हुने

काठमाडौं । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना सकियो

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र

रौतहटमा आगलागीबाट एक बालिकाको मृत्यु

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको