पूर्वसांसद हरि बैरागी दाहालको हृदयघातका कारण निधन



काठमाडौं :  हृदयघातका कारण अस्पताल भर्ना भएका पूर्व सांसद हरि बैरागी दाहालको आज निधन भएको छ। गत हप्ता हृदयघातका कारण बेहोस भएपछि बैरागीलाई काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

लामो समयसम्म अचेत रहेका दाहालको आज बिहान ७ बजे निधन भएको  संखुवाभाका सांसद राजेन्द्र प्रसाद गौतमले जानकारी दिए।

विद्यार्थी जीवनदेखि नैं राजनीतिमा सक्रिय दाहाल २०५१ सालको चुनावमा संखुवासभा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद हुन्। उनी जलस्रोतका अभियन्ताका रुपमा पनि चिनिएका थिए।

दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि आज बिहान १० बजेदेखि ११ बजेसम्म नेकपाको पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा राख्ने र आजै दिउँसो दाहसंस्कार गर्ने तयारी गरिएको गौतमले जानकारी दिए। उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत, काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन

क्याफेमा ‘कृषि हाटबजार’

काठमाडौं । क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास । मःम, बर्गर, पिज्जा,

पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

चितवन। चितवनको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण