अपराधको चरित्रमा देखिने फेरबदलको सामना गर्नेगरी रणनीति बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना र प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्रै पारेको नभइ अपराधको चरित्रमा बहुआयामिक फेरबदल ल्याएको बताएका छन् ।

२२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो अपराधको चरित्रजस्ता सुरक्षा चुनौतीलाई सामाना गर्नका लागि आवश्यक रणनीति बनाइ सोहीअनुसार परिचालित हुन सुरक्षा निकायलाई निर्देशन पनि दिए ।

प्रधानमन्त्री दाहालले अपराधलाई निरुत्साहित गर्दै नेपाल सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय रणनीतिक लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दारी र प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

मुलुकको राजनीतिक सङ्क्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्रधानमन्त्री दाहालले प्राकृतिक एवं मानव सिर्जित विपद्मा सशस्त्र प्रहरीले कर्तव्यनिष्ट भएर काम गरेकोमा मुक्तकण्ठले प्रशंसा गरे ।

उनले नेपालको सीमा सुरक्षामा ‘डेडिकेटेड’ सुरक्षा फौजको रुपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक एवं वातावरण प्रतिकूलता र सीमित पूर्वाधारका बाबाजुद राष्ट्र सेवाको भावनासहित परिचालित सशस्त्र प्रहरीलाई विशेष धन्यवाद र आभार व्यक्त गरे ।

उनले नेपालको सीमा सुरक्षार्थ चारै दिशाका सीमा क्षेत्रमा परिचालन गर्न आवश्यक साधन स्रोत, सीप, तालिम र प्रोत्साहनको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको पनि बताए ।

उनले राजस्व सङ्कलनमा पुर्याएको सहयोग, व्यक्ति सुरक्षा तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वनय र जनताको जीउधनको सुरक्षामा सशस्त्र प्रहरीले पुर्याएको योगदानको पनि प्रशांसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति,

नेपाल प्रहरीका ९५ जना एसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक(एसपी) को सरुवा भएको छ ।

‘द्रुतमार्गका सन्दर्भमा खोकनावासीले उठाएका संवेदनशील पक्षलाई राज्ले सम्बोधन गरोस्’

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा

प्रधानसेनापतिसँग युएईका राजदूतको भेट

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन