प्रधानसेनापतिद्वारा राष्ट्रिय सेवा दलको तालीमबाट दीक्षित युवालाई राष्ट्रसेवामा जुट्न आग्रह



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवा दलको तालीमबाट दीक्षित युवालाई सुरक्षा निकायमा भर्ना भई राष्ट्रसेवामा जुट्न आग्रह गरेका छन् ।

एनसिसी अल्मुनाई एशोसिएसनको तेस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित ‘युवासँग प्रधानसेनापति’ कार्यक्रममा उनले कोभिड–१९ प्रतिकार्यमा विविध समस्या, चुनौती, अभाव र शंसयबीच गरेको कार्यको प्रशंसा गरे । प्रधानसेनापति थापाले भने, “समाजका विकृति, बेथिती, रुढिवादी परम्परा तथा अपराध निर्मूल गरी सुसंस्कृत र सभ्य समाज निर्माणको पनि सेवा दलबाट दीक्षित जनशक्तिले जिम्मेवारी बहन हुनुपर्छ ।”

मुलुकका ७७ वटै जिल्लाका विद्यालयबाट राष्ट्रिय सेवा दलमा आबद्ध भई दीक्षित हुन चाहना राख्नेको सङ्ख्या पछिल्लो समय उत्साहप्रदरुपमा बढिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेवा दलबाट प्रशिक्षण लिनेको सङ्ख्या ५० हजार नाघिसकेको छ भने हरेक वर्ष सात हजार भन्दाबढी युवाले उक्त तालीम प्राप्त गर्दै आएका छन् । राष्ट्र निर्माण, राष्ट्रियता र राष्ट्रिय एकता सम्वद्र्धनमा जोड दिँदै अनुशासित युवा जनशक्ति तयार गर्ने सेवा दलको उक्त कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय सेवा दलमा हाल कार्यकारी महानिर्देशक पूर्वउपरथी रघु भण्डारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने

  काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध

  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

नेपाल प्रहरीका दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

  काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा