महानगरीय ट्राफिक प्रहरी महाशाखामा भट्टराई



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका छन् । महाशाखामा सोमबार आयोजित कार्यक्रममा भट्टराईको स्वागत र ढकालको बिदाइ गरिएको छ ।

बिदाइ समारोहमा वरिष्ठ उपरीक्षक ढकालले आफ्नो कार्यकालमा आफूले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण काम गरेको बताए । नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना कम गर्न भएका कामहरुलाई आफूले निरन्तरता दिने बताए । ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । उनले महाशाखा प्रमुख भएर १५ महिना ट्राफिक प्रहरीको नेतृत्व गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्रका १६ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस

लोकसेवा आयोगद्वारा नेपाली सेनाको विभिन्न पदको नतिजा प्रकाशित(नतिजासहित)

काठमाडौँ । लोक सेवा आयोगद्वारा लिइएको नेपाली सेनाका विभिन्न पदको परीक्षाको परीक्षाफल प्रकाशित

नेपाली सेनाद्वारा विपन्न परिवारलाई कम्बल वितरण

काठमाडौं । नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यअनुरुप नेपाली सेनाले बाराको जितपुर

प्रधानसेनापतिद्वारा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्घाटन

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को