स्वीकृत नलिई प्रहरीको पोशाक प्रयोग गरे कारबाही हुने



काठमाडौं । नेपाल प्रहरीले विभिन्न चलचित्र, टेलिचलचित्र, सांगीतिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको भन्दै आपत्ति जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति  लिन आग्रह गरेको हो । स्वीकृति नलिई यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख

जानकी (बाँके) । नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८०

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले आयोजना गरेको ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट

प्रदेश प्रहरी समायोजनको काम यथाशीघ्र सम्पन्न गर्न प्रधानमन्त्रीलाई सातै प्रदेशका गृहमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सातै प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजनको विषय अघि

उपरथीमा बढुवा भएका सिलवाल र तीन जना महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका सहायक रथी नारायण सिलवाल र