नगरकोटमा सेनाको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरु



काठमाडौं । भक्तपुरको नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा आठौँ समूहको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम आइतबारदेखि शुरु भएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले भर्चुअल माध्यमबाट तालीम शुभारम्भ गर्दै कार्यक्रम जटिल परिस्थिति र समयमा निर्णय लिन सक्ने भावी नेतृत्व उत्पादनमा निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

तालिममा ३० जना महासेनानीको सहभागिता छ । उच्च तहमा जाने अधिकृतको वृत्ति विकासका लागि आवश्यक मानिने यो तालीम नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा माथिल्लो पनि हो । कोभिड –१९ को परिस्थितिलाई ध्यानमा राखी पूर्णरुपमा स्वास्थ्यसम्बन्धी सबै सुरक्षात्मक उपाय अपनाउँंदै सामाजिक दूरी कायम गरी तालिम सञ्चालन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लियोनमा हुने इन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ