उपत्यकाका सबै प्रहरी कर्मचारीलाई मानवअधिकारबारे प्रशिक्षण दिन सुरु



काठमाडौं । काठमाडौं उपत्यकाका सबै प्रहरी कर्मचारीलाई मानवअधिकारबारे प्रशिक्षण दिन सुरु गरिएको छ । पछिल्ला केही घटनामा प्रहरीले दमन गरेको भन्दै आलोचना भएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका २४३ वटै युनिटहरुमा मानवअधिकार सम्बन्धी प्रशिक्षण सुरु गरेको हो ।

प्रशिक्षणका लागि एसएसपी सुशील कुमार यादव र किरण बज्राचार्य नेतृत्वको टोली खटाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् । पोखरेलका अनुसार नागरिक अधिकारलाई सम्मान गर्दै व्यवसायिक जिम्मेवारी कसरी पूरा गर्ने भनेर जवानदेखि अधिकृतसम्मलाई प्रशिक्षण दिन सुरु गरिएको छ ।

पहिलो दिनको प्रशिक्षण प्रहरी वृत नयाँबानेश्वरबाट सुरु गरिएको छ । केही दिनअघि कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पुनः नियुक्तिको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । कुटपिटपछि प्रहरीको व्यापक आलोचना भइरहेको छ । काठमाडौंका विभिन्न स्थानमा प्रहरीले गरेको दमनको विरोध भएपछि छानविनका लागि एसएसपी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

  काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

प्रधानसेनापति शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

  काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी