सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी सुरक्षा निकायका १६ सयमा कोरोना संक्रमण



काठमाडौं । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन ।

प्राप्त विवरणमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) मा एक हजार ६३३ जनामा सङ्क्रमण्मा देखिसकेको छ । त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८६१ निको भएर घर फर्किएका छन् ।

सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । त्यसपछि सङ्क्रमण दरमा एक्कासी वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ । सबैभन्दा बढी नेपाल प्रहरीमा सङ्क्रमित भेटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७९५ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै १६३ जना फेला परेका छन् । पाँच सयभन्दा बढी निको भएर फर्किसकेका उनले बताए ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार बिहीबारसम्म ४३५ सशस्त्र प्रहरी सङ्क्रमित भएका छन् । त्यसमध्ये १८९ निको भएको र अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ । उपत्यकामा मात्रै ७३ जनामा देखिएको उनले जानकारी दिए ।

नेपाली सेनामा आजसम्म ४०३ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ११६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्राप्त विवरणअनुसार अहिलेसम्म मुलुकभर ३५ हजार ५०० भन्दाबढी सङ्क्रमित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक

ज्वाइँ–जेठानले स्वदेशमै देखेको अवसर

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका

स्ववियु निर्वाचनको सुरक्षाबारे प्रधानमन्त्रीले लिए सुरक्षा निकायसँग ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सुरक्षा अवस्थाको ब्रिफिङ

सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली राजपत्रमा प्रकाशित

काठमाडौ । मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त