नेपाली सेनाद्वारा संगठनभित्रका संक्रमितलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु



काठमाडौं । कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

कोभिड–१९ बाट संक्रमित सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा छन् । धनुषामा गत जेठ १३ गते पहिलो पटक सेनाका दुई जनामा कोभिड–१९ संक्रमण देखिएको थियो । पछिल्लो समय नेपालगञ्जस्थित तालीम केन्द्रमा एकै पटक २५ जनामा उक्त संक्रमण देखिएको प्रवक्ता पौडेलले जानकारी दिए । मुलुकमा कोभिड–१९ को संक्रमण बढ्न गई आइसोलेशनको अभाव हुने अवस्था देखेर सैनिक जनशक्तिका लागि ब्यारेकभित्रै आइसोलेसन बनाएर कार्यान्वयनमा ल्याउने कार्यको शुरुवात भइसकेको उनले बताए ।

केही सैनिक जनशक्ति कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्नेलगायत कार्यमा अग्रपङ्क्तिमा खटिँदै आएका छन् । सेनाले खास गरी दैनिक गस्ती, क्वारेन्टिन, आइसोलेशन, होल्डिङ एरिया सुरक्षा, उडान समन्वय, हेल्थ डेस्क, राहत वितरण, शव व्यवस्थापन र ठूलो सङ्ख्यामा मेडिकल जनशक्ति खटाएको छ ।

कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकामध्ये सेनाको व्यवस्थापनमा १२६ जनाको अन्त्येष्टि भइसकेको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सेनाका २० हजार १९५ जनशक्ति खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त जनशक्तिमध्ये करीब आठ हजार अहिले अग्रमोर्चामा रहेर काम गरिरहेका छन् ।

मुलुकमा कोभिड–१९ संक्रमण बढेसँगै पछिल्लो सात दिनमा १९ जनाको मृत्यु भएको छ । नेपालमा करीब ३० हजार सङ्क्रमितमध्ये करीब १८ हजार निको भएर घर फर्केका छन् भने १२ हजार सक्रिय सङ्क्रमित रहेको र तिनमा केही घरमै आइसोलेशनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गैरव्यवसायिक क्रियाकलाप गरेको भन्दै सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन

आठ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)

पिएसओ र गाडी छोडेर हिँडेपछि महरा पक्राउः आइजिपी कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पिएसओ

सशस्त्र प्रहरीको एक फौज २४सै घण्टा सीमा गस्तीमा परिचालन

  काठमाडौँ ।  सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा