दुई एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका दुई प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

महानिरीक्षक थापा क्षेत्रीले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डिआइजीबाट एआइजी पदमा पदोन्नति भएका निरजबहादुर शाही र पद्युम्नकुमार कार्कीलाई दज्र्यानी चिह्न प्रदान गरे ।

सोही कार्यक्रममा महानिरीक्षक क्षेत्रीले प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका पशुपतिकुमार राय र श्यामकुमार मण्डललाई पनि दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

कार्यक्रममा महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अधिकृतले आफ्नो दक्षताअनुरुप थप ऊर्जासहित व्यावसायिक सेवाको अपेक्षा प्रहरी सङ्गठनले गरेको बताए ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको बृहत्तर हितमा लाग्नुपर्ने उनको भनाइ थियो ।

उनले सामूहिक नेतृत्व सधैँ सङ्गठनको हितमा लाभकारी हुने भन्दै प्रहरी अतिरिक्त महानिरीक्षकको पदोन्नतिसँगै नेतृत्व तह थप बलियो हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नवनियुक्त एआइजी नीरजबहादुर शाहीले सङ्गठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्मनिष्ठ रही सङ्गठनको बृहत्तर हित र गरिमालाई थप उचाइमा लैजान मन, वचन र कर्मले कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको