नाष्टद्वारा युवा वैज्ञानिक फोरमको स्थापना



काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले विज्ञान प्रविधिको विकास गर्ने उद्देश्यले युवा वैज्ञानिक फोरम(वाईएसएफएन)को स्थापना गरेको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली अनुसन्धानकर्ताहरुबीच समन्वय र सहकार्य विस्तार गर्दै विज्ञान क्षेत्रको विकास गर्ने उद्देश्यले फोरमको स्थापना गरिएको नाष्टले जनाएको छ ।

नाष्टले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वैज्ञानिक मेघनाध धिमालको संयोजकत्वमा ७ सदस्सीय तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरुमा त्रिवि रसायनशास्त्र विभागका सह प्राध्यापक एवं अनुसन्धाकर्ता अच्युत अधिकारी, विश्वविद्यालय अनुदान आयोगको अनुसन्धान विभाग प्रमुख प्रमोद पौडेल, क्याटिलिस्ट टेक्नोलीजीको प्रमुख एवं जडिबटी अनुसन्धानकर्ता प्रतिभा पाण्डे, फ्रेस वाटर इकोलोजिस्ट एवं काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक रामदेवी तचामो साह, इसिमोडका जलवायु विज्ञ सन्तोष नेपाल र माइक्रोबाइलोजिस्ट एवं अनुसन्धानकर्ता योगेन्द्र साह रहेका छन् ।

फोरमले अनुसन्धानको क्षेत्रमा नयाँ युवा वैज्ञानिकहरुलाई सल्लाह सुझाव र प्लेटफर्म निर्माणका लागि मद्दत गर्ने, क्षेत्रगत अनुसन्धानमा सामेल गराउने लगायत छन् । यो संस्था सरकारी संयन्त्रद्वारा गठित एक मात्र युवा वैज्ञानिक फोरम रहेको नाष्टले जनाएको छ ।

शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले फोरमको औपचारिक उद्घाटन गर्दै शुभकामना दिएका थिए । नाष्टका उपकूलपति सुनिल बाबु श्रेष्ठले युवा वैज्ञानिक फोरमबाट युवा अनुसन्धानकर्ताहरुको अद्यवाधिक तथ्यांक संकलन गर्ने,युवा अनुसन्धानहरुलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु ल्याउन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

वास्तु र व्यवहार

भरतमणि ज्ञवाली । के हो वास्तु ? वास्तुको जन्म भाद्र कृष्णपक्षको तृतीया तिथिमा

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक