यूएईले केही हप्तामै मङ्गल ग्रहमा यान पठाउने



अरब क्षेत्रको पहिलो अन्तरिक्ष लक्ष्यको रूपमा रहेको यूएईको मङ्गल ग्रहमा जाने यान केही हप्तामै प्रक्षेपण हुने बताइएको छ । अर्को हप्ता त्यसका लागि यानमा इन्धन भर्ने काम सुरु हुने बताइएको छ ।

करिब ४९ करोड ३० लाख किलोमिटर टाढा रहेको मङ्गलको कक्षमा पुग्न सो यानलाई सात महिना लाग्नेछ । उक्त अन्तरिक्ष यानले त्यहाँको मौसम र वायुमण्डलबारे नयाँ तथ्य पठाउने योजना रहेको छ । उक्त यानले यथेष्ट तथ्याङ्क सङ्कलन गर्न मङ्गलको एक वर्ष अर्थात् ६८७ दिन नै मङ्गल ग्रहलाई परिक्रमा गर्नेछ । मङ्गल ग्रहलाई एकपटक घुम्न उक्त यानलाई ५५ घण्टा लाग्नेछ ।

उक्त आयोजनाकी निर्देशक सारा अल अमिरिले यो अन्तरिक्ष आयोजना अरबका युवा वैज्ञानिकहरूका लागि अन्तरिक्ष इन्जिनियरिङमा लाग्न एउटा ठूलो प्रोत्साहन हुने बताएकी छन् । यानको नाम अमल राखिएको छ जसको अर्थ आशा हुन्छ । यो रोबोटजडित यान जापानको एउटा टापु तानेगाशिमाबाट जुलाई १४ का दिन अन्तरिक्षतर्फ लाग्नेछ ।

उक्त यानमा मङ्गलको वायुमण्डलको जटिल बनोट नापजाँच गर्नका लागि तीन प्रकारका उपकरण जडान गरिएका छन्। त्यसमा हाइ रिजोलुशन मल्टिब्यान्ड क्यामेरा पनि छ जसले यो ग्रहको धुलो र ओजोन तह नाप्नेछ । दोस्रो इन्फ्रारेड स्पेक्ट्रोमीटर हो जसले वायुमण्डलको माथिल्लो र तल्लो तह नाप्नेछ।

यो उपकरण अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयले विकास गरेको हो । यो आयोजनामा तीनवटा अमेरिकी विश्वविद्यालहरू सहभागी छन् । तेस्रो सेन्सर अल्ट्राभायोलेट स्पेक्ट्रोमीटर हुनेछ जसले अक्सीजन र हाइड्रोजन तह नाप्नेछ । अल अमिरिले अनुसन्धानको एउटा लक्ष्य पानी बन्नका लागि अत्यावश्यक हाइड्रोजन र अक्सीजन तत्व कसरी यो ग्रहबाट उडिरहेका छन् भन्ने पत्ता लगाउने रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही