‘ह्वाईट ड्वार्फ’ विस्फोटन भएर बनेको विशाल ताराको वायुमण्डल देखेर वैज्ञानिकहरू चकित



वैज्ञानिकहरूले यसअघि कहिल्यै थाहा नभएको वायुमण्डलीय संरचना भएको एउटा विशाल तारा पत्ता लगाएका छन्। त्यसको आकृति हिउँ थुपारेर बनाइने ‘स्नोम्यान’को जस्तो छ।

उक्त तारा हाम्रो सूर्यभन्दा गह्रौँ छ तर त्यसको व्यास पृथ्वीको दुईतिहाइजति मात्रै छ। उक्त खगोलीय पिण्ड दुइटा ‘ह्वाईट ड्वार्फ’ तारा जोडिएर बनेको विश्वास गरिएको छ। शक्तिशाली सुपरनोभाका रूपमा त्यस्ता ताराको विस्फोटन हुन्छ।

ताराहरूको आणविक ऊर्जा सकिएपछि ह्वाईट ड्वार्फ बन्छन्। त्यसो हुँदा भित्री भाग तातो बस्छ भने वरिवरिको वायुमण्डल हराउँछ।

ताराको वायुमण्डलमा भएका गह्रौँ वस्तुहरू भित्री भागमा डुब्छन् भने हलुका वस्तु सतहमा बस्छन्। केही ह्वाईट ड्वार्फमा शुद्ध हाईड्रोजन वा हीलीअम ग्यासयुक्त वायुमण्डल हुन्छ।

यो WDJ0551+4135 नाम दिइएको ताराको वायुमण्डलमा कार्बन पाइएको छ। यो अस्वाभाविक हो। वरिक विश्वविद्यालयका डा. मार्क हल्यान्ड्सका अनुसार यो खोजले सूर्यजस्ता तारा मर्ने प्रक्रियाबारे थाहा पाउन सहज हुनेछ।

उनले भने, “यो ताराको सबैभन्दा चाखलाग्दो कुरा भनेको यो सुपरनोभा बनेर विस्फोट हुन नसकेको हो। यति ठूला ह्वाईट ड्वार्फ एकदमै कम छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा कोभिड संक्रमित भेटिने क्रम जारी

चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै

कुङ्गुर अपरेशनमा नेदरल्यान्ड्समा समातिए एशियाको ठूला लागुपदार्थ गिरोहका नाइके

नेदरल्यान्ड्सको प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउपुर्जीका आधारमा विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके

‘पत्ता नलागेका’ बलात्कारीहरू

बलात्कारी पुरुषहरूसँगको अन्तर्वार्ताले तारा कौशलको अवस्थामा गहिरो असर पारेको छ । सन् २०१७

अमेरिकामा पछिल्लो २४ घण्टामा तीन हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु

विश्वमा ७ करोड १३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका