पृथ्वीबाहिर जीवको खोजीका लागि सहयोग गर्न खगोलशास्त्रीको आग्रह



अमेरिकाको एक राष्ट्रिय खगोल अध्ययन केन्द्रका प्रमुखले पृथ्वीबाहिर जीव खोज्न गम्भीर भएर लाग्नुपर्ने बताएका छन्।  डा एन्थोनी बिस्लेले बीबीसीलाई दशकौँसम्म सरकारको अनुसन्धान बजेटको प्राथमिकतामा नपरेको यो क्षेत्रमा काम गर्न सरकारी सहयोग चाहिने बताएका हुन्।

उनको भनाइले हालसम्म विज्ञानको एउटा सानो क्षेत्र मानिएको पृथ्वीबाहिर जीव खोज्ने कामका बारेमा मानिसहरूको सोच परिवर्तन हुनसक्ने बताइएको छ। यूएस न्याश्नल रेडिओ एस्ट्रोनोमी अभ्जरभेटरीको निर्देशक डा बिस्लेले अब सो खोजलाई अन्धकारबाट बाहिर ल्याएर खगोलशास्त्रका सबै क्षेत्रमा संलग्न गर्नुपर्ने समय आएको बताएका हुन्।

उनको यो भनाइ न्यू मेक्सिकोको भेरी लार्ज एरे भीएलए अभ्जरभेटरीले पृथ्वीबाहिरको जीवनको सङ्केतहरू पत्ता लगाउन प्रयास गर्ने बताएको समयमा आएको हो।

भीएलए धेरै अन्टेना भएको संसारकै सबैभन्दा राम्रो टेलिस्कोपमध्ये एक मानिन्छ। क्यालिफोर्निया विश्वविद्यालयका डा एन्ड्रयु सेमिअनका अनुसार भीएलएको सो घोषणापछि पृथ्वीबाहिर जीवन पत्ता लगाउने सम्भावना ‘१० वा अझ १०० गुणा बढेको छ’।

“हामी अब आकाशमा हालसम्मकै सबैभन्दा व्यापक [पृथ्वीबाहिरको जीवनको] खोज गर्न तयार भएका छौँ,” उनले बताए। उनका अनुसार भीएलएको संलग्नताले यो कार्यको विश्वसनीयता पनि बढाएको छ।

नासाले कुनैबेला यस कार्यको लागि वार्षिक एक करोड डलर बजेट खर्च गर्थ्यो तर सन् १९९३ मा सो बजेट खारेज गरियो। सीनेटर रिचार्ड ब्रायनले पैसाको फजुल खर्च भएको भन्दै संसद्‍मा कानुन ल्याएपछि उक्त बजेट खारेज भएको थियो।

“यसले करदाताको पैसामा मङ्गलमा खोज गर्ने कार्य रोकिने छ,” उनले त्यतिबेला भनेका थिए। त्यसयता अमेरिका वा अन्यत्र सो कार्यका लागि धेरै पैसा छैन।

अहिलेसम्म ब्रम्हाण्डमा ४,००० भन्दा बढी ग्रहहरू पत्ता लागिसकेका छन्। डा सेमिअन भन्छन्: “जबदेखि मानिसले आकाशमा हेर्न थाले, त्यतिबेलै देखि सोचेको कुरो हो: के त्यहाँ कोही छ?”

“हामीसँग अब त्यो प्रश्नको उत्तर दिने बेला छ र सायद मानव इतिहासकै सबैभन्दा ठूलो खोजको सम्भावना छ।”

line
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब