नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी



 

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ ।

सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए । नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उनको भनाइ छ ।

“राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौँ”, कार्यकारी अध्यक्ष डा केसी भने, “विश्वभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्राउन थप दायित्व बोध गरेका छौँ ।”

विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागिसमेत ठोस वातावरण तयार पार्ने उनको विश्वास छ । सङ्घले नागरिकता विधेयकालाई निष्कर्षमा पुर्याउन भूमिका निर्वाह गर्नुभएकामा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सम्पूर्ण राजनीतिक दललगायत कानुनविद्प्रति कृतज्ञता व्यक्त गरेको छ ।

राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले

नेपालमा पढाइन्छ तर जापानमा सिकाउने एभरेष्ट इन्टरनेशनल स्कूल

  नारायण न्यौपाने, टोकियो (जापान) । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट

दोहामा नेपाल दिवस समारोह

  काठमाडौँ । कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल

नेपाल–जापानबीचको जनस्तरमा सम्बन्ध विस्तारमा नेपाली समाजको उल्लेख्य भूमिकाः राजदूत सुवेदी

टोकियो (जापान) । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली