नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो’



काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्घीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नाराले सार्थकता पाएको जनाएको छ । सङ्घले शुक्रबार विज्ञप्ति जारी गरी विधेयक पारित भएपछि गैरआवसीय नेपालीको मातृभूमिप्रतिको दायित्व अझै बढेको महसुस भएको जनाएको हो ।

नेपालको संविधानको २०७२ को धारा १४ मा गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने व्यवस्था छ । नागरिकता पाउने व्यक्तिलाई आमनेपाली सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त हुनेछ । त्यस्तो नागरिकता पाउने व्यक्तिले मतदान गर्न पाउने छैनन् ।

यसबाट संसारभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्नुका साथै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्रयाउन पनि मार्गप्रशस्त गर्ने र समृद्ध नेपाल निर्माणमा थप टेवा पुग्ने सङ्घको विश्वास छ । सङ्घले विधेयक पारित गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकटसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल चलिरहेको छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको

नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

काठमाडौं । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली

नागरिकता विधेयकमा एनआरएनको माग समेटिएको छः प्रधानमन्त्री

काठमाडौं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्री

गैरआवासीय नेपालीहरुको नागरिकता समस्या हल गर्न पहल गर्ने अध्यक्ष प्रचण्डको प्रतिवद्धता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय