नागरिकता विधेयकमा एनआरएनको माग समेटिएको छः प्रधानमन्त्री



काठमाडौं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्री केसी नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघको माग पनि समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको बताए । संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था अनुसार नै विधेयक पारित हुनेमा प्रधानमन्त्री देउवाले आश्वस्त गराए ।

भेटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमको लागि धन्यवाद प्रकट गरे ।

भेटमा संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसि सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरु, गैरआवासीय नेपाली नागरिकता सम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका तर्फबाट अधिकृत कुनाल मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनआरएनएको अध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी

  ललितपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा

नेपालमा रहेको आफ्नो सम्पत्ति बेचबिखन नगर्न एनआरएनका अध्यक्ष आचार्यको अपील

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुल आचार्यले संसारभरि रहेका नेपालीहरुलाई नेपालमा रहेको

जापान–नेपाल विकास मञ्च स्थापना

  काठमाडौँ । नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको

अमेरिकी सिनेटर होलान र राजदूत खत्रीबीच भेटवार्ता

वासिङ्गटन डिसी । अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत